चितवन, चैत्र ६ । भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पताल भोलिदेखि सञ्चालनमा आउने भएको छ। भोलि बिहान १० बजेदेखि सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए। उनका अनुसार भोलि शुक्रबार ५० शैयाको ओपिडी र जनरल वार्ड संञ्चालनमा आउनेछ। त्यसपछि १०/१० शैय्याको एचडियु र आइसियु सञ्चालन गरिनेछ।
चीनबाट फैलिएको कोरोनाले विश्वजगतलाई नै त्रसित बनाइरहेको बेला चितवनले उच्च सतर्कता अपनाउन यहाँका स्थानीय सरकार, सरकारी तथा निजी अस्पताल, विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी, पत्रकारलगायतका सरोकारवाला निकायको पहलमा चितवन उद्योग संघ परिसरमा निर्मित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई अस्थायी अस्पतालको रूपमा सञ्चालन गर्न लागेको हो।
Facebook Comments


























