चितवन, चैत्र ४ । आज (मंगलवार) बिहान भरतपुरको क्यान्सर गेट नजिक ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। भरतपुरबाट माडीतर्फ जादै गरेको ना. ७ ख. ४०९१ नम्बरको ट्रकले ठक्कर दिँदा भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुर निवासी बर्ष ३५ की लक्ष्मी सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। ट्रकको ठक्करबाट सुबेदिको घटना स्थलमै मृत्यु भएसंगै भरतपुरको कृष्णपुर क्षेत्र तनावग्रस्त भएको छ।

स्थानीयबासीहरुले ठक्कर दिने ट्रकका चालकमाथि कारवाही, मृतकको परिवारलाई उचित क्षतीपूर्ति लगायतको माग गर्दै आवाज उठाइरहेसंगै कृष्णपुर क्षेत्र तनावग्रस्त भएको हो। सो स्थानमा ठूलो संख्यामा स्थानीयबासीहरु जम्मा भएका छन्।
घटनास्थलमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने भरतपुर गीतानगर सडक अवरुद्ध भएको छ। प्रहरीले दुर्घटनास्थलमै रहेको ट्रकको सुरक्षा दिइरहेको छ।























