चितवन, चैत्र ४ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं १ गढुवामा सोमवार राति गाउँ पसेको जंगली हात्ती बितण्डा मच्चाएको छ।
सोमवार राति गढुवामा जंगली हात्ती गाउँ पस्दा स्थानीय ज्ञानु भण्डारीको घुम्ती (पसल) फोरेर चाउचाउ, बिस्कुट, भुजा लगाएतका समान खाइदिनुका साथै स्थानीको केरा, हरियो मकै, करेला, गोलभेडा खाएर बाली नालीमा क्षति पुर्याएको छ।

मध्यरातमा जंगलबाट आएको हात्तीले क्षति पुर्याएको चर्तुमुखि सामुदायिक वनका अध्यक्ष गंगाप्रसाद घिमिरेले जानकारी दिए।

बाली नालीमा क्षति पुर्याएपनि कुनै मानविय क्षति भने नभएको स्थानीयले बताएका छन्। हात्ती गाउँमा पसेर बाली नालीमा क्षति पुर्याउन थालेपछि स्थानीयहरु त्रसित बनेका छन्।
Facebook Comments


























