चैत्र २ । बालबालिकालाई कुन उमेरमा विद्यालय पठाउने भन्ने धेरैअभिभावकको लागि टाउको दुखाइको विषय हो। विद्यालय पठाउँदा त्यसको असर उनीहरुमा समग्र जीवनभर पर्न सक्छ। शिक्षा र रोजगारीका साथै यसले मानिसको स्वभाव र मित्रतामा पनि असर पार्छ। सही विद्यालय र आवेदनको प्रक्रिया अभिभावकको सबैभन्दा तनावपूर्ण समय हो। यहाँ आफ्नो बालबालिकाको विषयमा ध्यान दिनुपर्ने केही महत्वपूर्ण विषय उल्लेख गरिएको छ।
धेरै अभिभावकले आफ्ना बालबालिकालाई सही उमेरमा विद्यालय पठाउनु जरुरी हुन्छ। धेरै सानो उमेरमा विद्यालय पठाउँदा पनि उनीहरुमा धेरै किसिमको समस्या आउने गरेको विभिन्न अध्ययनले देखाइसकेका छन्। यस्तोमा अभिभावकले आफ्ना बच्चालाई कुन उमेरमा विद्यालय पठाउने भन्ने कुरा विचार गर्नुपर्ने हुन्छ।
बच्चा विद्यालय जान तयार छ भन्ने कसरी थाहा पाउने ?
यो कुरा पत्ता लगाउने कुनै विशेष किसिमको सूत्र छैन। किनकी तपाईंलाई आफ्नो बच्चाको विषयमा धेरै कुरा थाहा हुन्छ। तर, त्यसको लागि निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ:
– उसले आफ्नो लुगा आफैं लगाउन सक्छ?
– ऊ आफैं शौचालय गएर फर्किन सक्छ?
– उसले सामान्य निर्देशन बुझेर पालना गर्न सक्छ?
– ऊ नयाँ कुरा सिक्न उत्सुक छ?
– ऊ एक समूह बनाएर खेल्न सक्छ?
– अन्य बालबालिकासँग घुलमिल हुन सक्छ?
बालबालिकाको लागि कसरी विद्यालयको लागि तयार गर्ने ?
बालबालिकालाई विद्यालय पठाउनुभन्दा पहिला धेरै कुरा सिकाउनुपर्छ। तपाईं उनीहरुको सामाजिक क्षमताको विषयमा तपाईंलाई चिन्ता लाग्छ भने कुनै संगठित गतिविधिमा उनीहरुलाई सामेल गराउनुपर्छ। साथै उनीहरुलाई अन्य बालबालिकासँग पनि खेल सिकाउनुपर्छ। तपाईंलाई आफ्नो बालबालिकाले शिक्षकले सिकाएको कुरा राम्रोसँग बुझ्दैन भन्ने लाग्छ भने उनीहरुलाई उनीहरुलाई निर्देशन सिकाउन केही खेल घरमा नै खेलाउन सकिन्छ। जसमा उनीहरुलाई एउटा कपको पानी अर्कोमा खन्याउने जस्ता सामान्य र रमाइलो कुरा गर्न लगाउनुपर्छ।
कुन विद्यालयमा पढाउने ?
धेरै अभिभावकको लागि सबैभन्दा ठूलो समस्या आफ्ना बालबालिकाको लागि सबैभन्दा राम्रो विद्यालय कुन हो भनेर छान्नु हुने गरेको छ। त्यसको लागि आफ्नो घर नजिकैका विद्यालयहरुको सूची बनाउनुपर्छ। त्यसपछि विद्यालय छनोट गर्दा पढाइको गुणस्तर र बालबालिकाले अध्ययनमा कुनै समस्याको सामना गर्नु नपरोस् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ। त्यसका साथै उक्त विद्यालयमा अर्को कुनै बालबालिकाले अध्ययन गरेको छ भने त्यसलाई पनि प्राथमिकतामा राख्नुपर्छ।
अभिभावकले आफ्नो बालबालिकालाई कुनै पनि विद्यालयमा पढाउनुभन्दा अगाडि उक्त विद्यालयको भ्रमण गरी उक्त विद्यालयको विषयमा धेरै कुरा बुझ्ने प्रयास गर्नुपर्छ। साथै विद्यालयको सबै विवरण राम्रोसँग अध्ययन गर्ने गर्नुपर्छ। उक्त विद्यालयका विद्यार्थीले कसरी अध्ययन गरिरहेका छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ। साथै यो विद्यालयमा आफ्ना बालबालिकालाई पढाइरहेका अन्य अभिभावकहरुसँग पनि यस विषयमा छलफल गर्नुपर्छ।























