चैत्र २ । कोरोना भाइरसको सङ्क्रमण पैसाबाट समेत सर्ने खतरा भएकोले सजगता अपनाउन बिश्व स्वास्थ्य संगठन डब्लुएचओले आग्रह गरेको छ।
यसअघि देखिएका विभिन्न सङ्क्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले ख्याल गर्न संगठनले आग्रह गरेको छ। पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा गएको फागुनमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो।
यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना धेरै भएको पुष्टि गरिसकेको छ। न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार पैसामा पनि सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ।
डाक्टरहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई हप्तासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन्।
Facebook Comments

























