चितवन, फागुन ३० । शुक्रबार चितवनमा दिनदहाडै लुटपाट भएको छ। पूर्वी चितवनको खैरहनीमा ९ लाख रुपैयाँ लुटिएको हो।
गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ खैरहनी ८ पर्साबजार नजिकबाट लुटिएको छ। भरतपुरको साइन विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए।
जग्गा खरिदको लागि भन्दै खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भए अनुसार घर्ति र उनका साथमा पदम घर्ति रकम लिएर खैरहनी आएका थिए। फोनमा भने अनुसारको स्थानमा पुग्दा दुईजना व्यक्तीहरु आएर रकम लिएको र लगत्तै उनीहरु भागेको पदम घर्तीले बताए।
घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए।
Facebook Comments


























