काठमाडौं, फागुन ३० । अध्यागमन विभागले कोरोना भाइरसका कारण १४ मार्चदेखि ३० अप्रिलसम्म अनअराइभल भिसामा नेपाल आउन विदेशीलाई रोक लगाएको छ।
यात्रा प्रतिबन्धबारे विभागले शुक्रबार जारी गरेको १० बुँदे सूचनामा विदेशबाट आउने विदेशी मात्र होइन, नेपालीलाई पनि विभिन्न निर्देशन दिइएको छ। तेस्रो मुलुकका विदेशीलाई स्थलमार्गबाट नेपाल आउन रोक लगाइएको छ। पर्वतारोहणका लागि दिइएको अनुमति रद्द गरिएको सूचनामा उल्लेख छ।

Facebook Comments


























