फागुन २५ । हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पुर्याउँछ। तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ। कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ। यसैलाई अल्सर भएको भनिन्छ। अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ। तसर्थ, खानपानमा विशेष ध्यान पुर्याउन आवश्यक छ सकभर पेट खाली राख्नुहुँदैन । यसबाट बच्न केही बुँदा:
-बढी चिल्लो, अमिलो र पिरो सेवन नगर्ने। त्यस्तै, सकभर जंकफुड नखाने।
-धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने।
-दुखाइबाट बचाउने र बाथरोगको औषधिको नियमित सेवनबाट समेत अल्सर हुने गर्छ। यसकारण सकेसम्म यस्ता औषधि सेवन नगर्ने वा कम गर्ने।
-अल्सर गराउने कीटाणुको संक्रमणबाट बच्नुपर्छ। खानामा जथाभावी मसाला र रङ आदि प्रयोग गर्नुहुँदैन।
-सागसब्जी, फलफूल र नरम खानेकुरा प्रशस्त मात्रामा सेवन गर्ने गरेमा अल्सरबाट बच्न सकिन्छ। एजेन्सी
























