अस्ट्रेलिया , फागुन २५ । नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ।
अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो। उनको परिचय भने गोप्य राखिएको छ।
२० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए। शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो।उनको रोयल होवार्ट अस्पतालमा आईसोलेसनमा राखेर उपचार भईरहेको छ। यससँगै तास्मानिया २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
शुरुमा उनमा रुघा र ज्वरोको लक्षण देखिएको थियो। सामान्य रुघाखोकी भनेर नियमित काममा जुटेका उनी केहिदिनपछि स्वास्थ्य परीक्षण गर्दा कोरोनाको संक्रमण भएको पाइएको हो।
चिकित्सकले उनलाई परीक्षणको नतिजा नआउन्जेल सेल्फ आईसोलेसनमा बस्न निर्देशन दिएका थिए। तर, ती युवकले चिकित्सकको कुरा अटेरगरि काम र कलेज जाने क्रम जारी राखेका थिए।
शनिवार कारोना संक्रमण पुष्टि भएपछि उनले पढ्ने कलेज र काम गर्ने होटलमा पनि सरेको हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरुले अनुसन्धान शुरु गरेको एबीसीले जनाएको छ।
उनीसँगै बस्ने चार जना र अन्य तीनजना साथीलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ। यो घटनासंगै विदेशबाट आउनेलाई परीक्षण गरिने आधारहरु थप कडा बनाईने तास्मानिया सरकारले जनाएको छ।























