फागुन २२ । कपाल फुल्नु ठुलो समस्या होइन। उमेर बढ्दै जाँदा यो प्राकृतिक विषय हो। तैपनि, धेरै मानिस कपाल फुलेपछि चिन्तामा पर्छन्। कतपयको कलिलो उमेरमै कपाल फल्छ। यसले चिन्तामा पर्छन्।
कपाल फुल्नुको कारण छ। यसलाई बुझ्न जरुरी हुन्छ। कपाल फुल्न नदिने उपायहरु पनि छन्। तर, फुलेको कपाललाई फेरि प्राकृतिक तरिकाले कालो बनाउन भने सकिदैन।
कपाल फुल्नुका कारण
· आनुवांशिक गुण
· पोषणको अभावका
· भिटामिन बी १२ को कमी
· ठुला रोग जस्तै भिटिलिगो, थाइराइड विकार, एनीमिया
· मानसिक तनावका
· अन्य जीवनशैली विकल्पहरु जस्तै धूम्रपान, कपाल ड्रायरको अधिक प्रयोग
बच्ने उपायहरु
· दिनहुँ सन्तुलित भोजन गर्ने
· भिटामिन बी १२ युक्त आहार जस्तै ताजा फलफुल तथा तरकारीहरु, माछामासु,दुध वा दुधबाट बनेका परिकारहरु
· धुम्रपान गर्ने बानी छोड्ने
· कपालमा करी पातहरुको प्रयोग गर्ने।
Facebook Comments




















