चितवन, फागुन २० । चितवनमा सार्वजिनक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेकाे छ। छिमेकी मुलुक चीनबाट सुरु भएकाे काेराेना भाइरसले विश्वभर नै त्रास फैलाइरहेका बेला चितवनमा पनि सतर्कता अपनाउँदै जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार सूचना जारी गर्दै सार्वजिनक कार्यक्रम नगर्न आग्रह गरेकाे हाे।
‘ससाना पारिवारिक जमघटबाहेकका अन्य कुनै पनि जात्रा-पर्व, मेलामहाेत्सव वा यस्तै अन्य कुनै पनि कार्यक्रम तर्जुमा र सञ्चालन नगर्न र नगराउन तथा सहभागी नहुन जिल्लावासी आमनागरिक समक्ष जिल्ला प्रशासन कार्यालय हार्दिक अनुराेध गर्दछ। यस सूचना विपरित यस्ता कार्यक्रम तर्जुमा र सञ्चालन गरे गराएमा नियमानुसार कारवाही हुने व्यहाेरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ।



























