फागुन १८ । कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ। पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीय नागरिकको आइतबार मृत्यु भएको हो भने अस्पतालले उनको नाम गोप्य राखेको छ।
कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन्। उनकी श्रीमतीले पनि अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेकी छन्।
Facebook Comments


























