काठमाडौं, फागुन १६ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजयप्रसाद मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्यती मुद्दा दायर गरेका छन्।
आफूविरुद्ध झुटा लाञ्छना लगाइएको भन्दै उनले प्रतिनिधिमार्फत् अदालतमा मुद्दा दायर गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखका छन्,‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद ।’
निवर्तमान सञ्चारमन्त्री बास्काटाले सेक्युरिटी मुद्रण खरिद गर्ने विषयमा ७० करोड करोड कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए। जसका कारण मन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए।
Facebook Comments


























