कालिकोट, फागुन १३ । कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको छ। रास्कोटदेखि यात्रु बोकेर लालिघाट का लागि हिँडेको लु २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
जीप नदीको बिचमा डुबेको छ। दैलेख जिल्ला गुराँस गाउपालिका वडा न ४ घर भएका २१ वर्षका चालक टक्क खड्काको मृत्यु भइसकेको जनाइएको छ। जीप रास्कोट नगरपालिका वडा न ६ निवासी मन तिरूवाको जनाइएको छ। नदीको बिचमै डुबेको जिपको उद्धारमा कठिनाई रहेको छ।
Facebook Comments


























