काठमाडौं, फागुन १० । आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका डाक्टर पिङ यिनहुआको मृत्यु भएको छ। २९ वर्षीय चिनियाँ डाक्टर यिनहुआको बिहीबार राति मृत्यु भएको हो।
हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड–१९ (कोराना) बाट संक्रमित बिरामीहरुको उपचार गर्न आफ्नो विवाह नै स्थगित गरेका थिए। उनले गत फेब्रुअरी १ तारिखका दिन हुने भनिएको विवाहलाई पछि सारेका थिए।
उनी बिरामीको उपचार गर्दागर्दै संक्रमित भए। जसको कारण गत बिहीबार राति उनको मृत्यु भयो। डा. यिनहुआ गत जनवरी २५ तारिखमा अस्पतालमा भर्ना भएका थिए। पछि ३० तारिखमा जिनयिनतान अस्पतालमा रिफर गरिएको थियो।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य एजेन्सीहरूसँग डा. यिनहुआलाई शहीद घोषणा गर्न माग गरेका छन्। साथै उनको परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरे।
चीनमा महामारीझैं फैलिएको कोभिड–१९ को संक्रमणका कारण स्वास्थ्यकर्मीहरू यस रोगको नियन्त्रण गर्न लागिपरेका छन्।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











