चितवन, फागुन १० । भ्रमण वर्ष–२०२० सँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले नारायणी नदी किनारबाट लुम्बिनीसम्म कार र्याली निकालेको छ।
महानगरपालिकाको आयोजनामा उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, पर्यटन व्यवसायी लगायतको सहकार्यमा नारायणी नदी किनारबाट १ सय ५० भन्दा बढी कार अहिले नारायणी नदीकिनारबाट लुम्बिनी निस्किएको छ।
र्याली बुटवल उपमहानगरपालिका हुँदै लुम्बिनी पुग्ने कार्यक्रम रहेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन्। भरतपुर महानगरपालिका र लुम्बिनी संस्कृत नगरपालिका बिच भगिनी सम्बन्ध पनि छ।

र्याली ले पर्यटन वर्षको प्रचार संगै लुम्बिनी संगको सकार्य बढ्ने र आन्तरिक पर्यटन विकासमा समेत टेवा पुग्ने मेयर दाहालको विश्वास छ।
उनले भनिन् सरकारको सय पर्यटकीय गन्तव्यभित्र र प्रदेशको १० उत्कृष्ट गन्तव्य भित्रपनि भरतपुरका विभिन्न स्थल रहेकाले त्यसको प्रचारप्रसारसँगै लुम्बिनी आउने पर्यटकलाई भरतपुरसम्म ल्याउनमा सहज होस् भनेर र्याली आयोजना गरिएको हो।

करिब १ सय ५० कार र्यालीमा भरतपुरका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालय तथा संघसंस्थाका प्रतिनिधी र उद्योगी व्यवसायी एवं पत्रकारको सहभागिता रहेको छ।
लुम्बिनी पुगेर आजै र्याली भारतपुर फर्कने छ।


























