काठमाडौं, फागुन ७ । चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ।
उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा उनीहरूमा कोरोना नेगेटिभ भएको पाइएको हो।
स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरको परीक्षण गरिएका १ सय ७५ जनामा नै कोरोना नेगेटिभ भएको पाइएको जनाइएको हो।चीनबाट ल्याएकालाई आइबार बिहान भक्तपुरस्थित खरिपाटीमा राखिएको छ।
उहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्यालको नमूना लिइएको थियो।
Facebook Comments


























