चितवन, फागुन ७ । भ्रमण वर्ष-२०२० लाई सफल पार्न भरतपुर महानगरपालिकाले कार र्याली गर्ने भएको छ। यहि फागुन १० गते देखि पर्यटन प्रवर्द्धन गर्न चितवनको नारायणी नदी किनारदेखि लुम्बिनीसम्म कार र्याली गर्ने भएको हो।
र्यालीमा १५० भन्दा बढी कार सहभागी गराउने लक्ष्य राखिएको छ। ८५ भन्दा बढी संघसंस्थालाई पत्राचार गरिसकेको छ।
भ्रमण वर्ष-२०२० लाई सफल पार्न कार र्याली गर्न लागिएको हो। कार्यक्रममा चितवनका उद्योगी, व्यवसायीको सहभागीता रहनेछ। महानगरपालिकाले धार्मिक, पर्या-पर्यटन र खेल पर्यटनलाई प्रमुख रुपमा अगाडि बढाउने लक्ष्य लिएको छ।
भरतपुर महानगरपालिकाबाट बुटवल उपमहानगरपालिका हुँदै लुम्बिनी साँस्कृतिक नगरपालिका पुग्ने योजना रहेको भरतपुरमहानगर पालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन्। उनले भरतपुर महनगरभित्र २९ वटा गन्तव्य पहिचान गरिसकेको बताइन्।
भरतपुर महनगरभित्र ६५ वटा ‘टुरिष्ट’ लेबलका होटल छन्। जिल्लाभरमा सात हजार क्षमताका होटल छन्।






















