काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओली मुटुमा समस्या देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका छन्।
प्रधानमन्त्री ओलीको मुटुमा समस्या देखिएपछि अस्पतालले ‘कोरोनाग्राफी’ परीक्षण गरेको जनाएको छ। अस्पताल स्रोतका अनुसार उनको कोरोनाग्राफी परीक्षणको रिपोर्ट सामान्य रहेको छ।
प्रधानमन्त्री ओलीको लामो समयदेखि मृगौलाको डायलसिस गरिँदै आएको छ। आज भने उनको मुटुमा केही समस्या देखिएकाले परीक्षण गरिएको चिकित्सकले जनाएका छन्।
Facebook Comments

























