चितवन, फागुन ५ । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु भित्रका विद्यार्थीहरुबीच झडप भएको छ । विवादले उग्र रुप लिदा अनेरास्ववियुका विद्यार्थीहरुले सोमवार नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन्।
क्रान्तिकारी तर्फका विद्यार्थीहरुले अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएका छन्। पाठकलाई घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन्।
साथै, विद्यार्थीहरुले पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षमा तोडेका छन्। विद्यार्थीको तोडफोडबाट अध्यक्षको टेबलमा रहेको सिसा फुटेको छ ।
Facebook Comments


























