काठमाडौं, फागुन ५ । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्री बन्ने भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङफेले सोमबार दिउँसो साँढे ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदै छिन्।
नेकपाले अग्नि प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएकी थिइन्। सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार नेकपाले सभामुखका लागि अर्का उम्मेदवार उठाएपछि शिवमायाले राजीनामा दिनु परेको थियो।
समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।
Facebook Comments


























