काठमाडाैँ, माघ २७ । वि.स. २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको ऐतिहासिक धरहराको पुननिर्माण भइरहेको छ।

४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा पुरानै स्वरुपको इतिहास झल्काउने आधुनिक शैलिमा निर्माण हुदैछ।

१९९० सालको भूकम्पमा पनि क्षतिग्रस्त भएको ११ तले धरहरा पुननिर्माण पछि ९ तलेमा सिमित भएको थियो। अब बन्ने धरहरा भने गजुर सहितको २२ तलेको हुनेछ।

धरहरा परम्परागत र्भयाङ सहित लिफ्टको व्यस्था साथै अत्याधुनिक ३ तले सवारी र्पाकिङ रहनेछ। धरहरा परिसरमा बगैँचा, संग्रहालय, रङगीन जलफोहरा ,प्रर्दशनी हल, पसल लगायत रहनेछ।

करिब ३ अर्ब ४५ करोड रुपैँयामा दुई वर्ष भित्र सक्ने गरी सरकारल राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई जिम्मा दिएको हो। तोकीएको समयमै निर्माण सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनले पुननिर्माण शुरु गरेको हो।



तस्बिर : विनाेद अनुज/लगातार न्युज डटकम


























