काठमाडौं, माघ २६ । नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो।
कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।
Facebook Comments


























