भारत, माघ १६ । भारतको दिल्लीको जामिया क्षेत्रमा नागरिकता संशोधन कानूनको विरुद्ध निकालिएको विरोध प्रदर्शनमा एक व्यक्तिले गोली चलाएका छन्। प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका डीसीपी चिनमया बिस्वाललाई उदृत गर्दै जनाए अनुसार घाइते हुने छात्रको नाम शादाब फारुक हो भने गोली चलाउने व्यक्तिको नाम गोपाल हो।
प्रहरीका अनुसार शादाब फारुकको बायाँ हातमा गोली लागेको छ र उनलाई अस्पताल लगिएको छ। त्यस्तै गोली चलाउने युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
Facebook Comments