पोखरा, माघ १२ । पोखरा विमानस्थलमा चेकजाँचका क्रममा २२ राउण्ड गोलीसहित एक पक्राउ पक्राउ परेका छन्। चेकजाँचका क्रममा राइफलमा प्रयोग हुने गोलीसहित एक जना पक्राउ परेका हुन्।
विमानस्थलको एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका-२७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा गोली फेला परेको हो।
उनको साथबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए।
प्रहरीका अनुसार शाही यति एअरको उडानमार्फत काठमाडौँ उड्न लागेका थिए। प्रहरीले अनुसन्धान अघि बढाइसकेको जनाएको छ।
Facebook Comments