मुम्बई, माघ ६। भारतीय गायिका नेहा कक्कड र आदित्य नारायणको बिहेको चर्चा चलिरहेको छ। इन्डियन आइडलमा जजका रूपमा आएकी नेहा र उद्घोषक आदित्य नारायणको बिहे हुने कुरा कार्यक्रमको मञ्चमै सार्वजनिक गरिएको थियो। आदित्यका बुवा उदित नारायणले नेहा कक्कडलाई आफ्नो बुहारी बनाउन सम्पूर्ण परिवारका साथ् इन्डियन आइडलको मञ्चमा पुगेका थिए।
कार्यक्रममा उपस्थित नेहा र आदित्यका परिवारले दुईको बिहे यही फेब्रुअरी १४ (‘भ्यालेन्टाइन डे’) मा गर्ने समेत बताएका थिए। नेहा कक्कडले गायक उदितकाअनुसार, उनलाई नेहा पहिलेदेखि मनपर्ने र उनलाई बुहारीको रुपमा स्वीकार्ने बताएका छन्। कार्यक्रममा नेहाले आदित्यको बुबाआमासँग आशिर्वाद पनि लिएकी थिइन्।
Facebook Comments