मुम्बई, माघ ५ । बलिउडको कमेडी ‘हेरा फेरी’ लोकप्रिय फिल्ममध्ये एक हो। अक्षय कुमार, सुनिल सेट्टी र परेश रावलको शीर्ष भूमिका रहेको यो फिल्मलाई दर्शकले खुबै मन पराए।
फिल्मको तेस्रो भाग बनाउने तयारी भइरहेको छ। लामो समयदेखि चर्चा भए पनि तेस्रो भाग बन्न सकेको छैन। यसअघि दुई भागले भने दर्शकलाई खुबै हँसाएका थिए।
यसैबीच अभिनेता सुनिल सेट्टीले ‘हेरा फेरी ३’ बन्ने र यो अहिले प्रक्रियामा रहेको बताएका छन्।
‘यो फिल्म बन्छ, पक्का बन्छ, फिल्ममा हामी तीनकै शीर्ष भूमिका हुनेछ किनकि, हामीलाई पनि चासो छ, केही समस्या थियो तर अब त्यो हटिसकेको छ,’ सुनिलले भने।
केही समय पहिले यो फिल्ममा अक्षय कुमार नहुने र अक्षयको सट्टामा जोन अब्राहम हुने चर्चा थियो। तर, सुनिलको भनाइअनुसार यो चर्चा पनि गलत साबित भएको छ।
खबरका अनुसार यो फिल्मलाई प्रियदर्शनले निर्देशन गर्नेछन्।
Facebook Comments





















