दक्षिण अफ्रिका, माघ ४ । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा १९ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको क्रुगर नेशनल पार्कमा २६ वर्षीय फोटोग्राफर रेन्जर रेनार्ड मुलम्यानले पोथी चितुवाको तस्बिर क्यामेरामा कैद गरे। उक्त चितुवाले हरिणको बच्चालाई मार्नुअघि खेलेको तस्बिर उनले क्यामेरामा कैद गर्न भ्याएका छन्।
उक्त चितुवाले बच्चा हरिणसँग सुरुमा साथी जस्तो व्यवहार गर्छे र माया दिन्छे। आमाले जस्तै उसलाई खेलाइरही तर करिब एक घण्टापछि उक्त बच्चा हरिण भाग्नुभन्दा पहिले मारिदिइ।
यो घटनाको बारेमा बाहिरिएको तस्बिरमा चितुवाले हरिणको बच्चाको निधारमा चुमेको देख्न सकिन्छ। उसले कहिले खेलाउँदै उक्त हरिणको बच्चाको खुट्टा आफ्नो मुखमा राखेकी छे। कहिले गर्दनलाई मायाले सुम्सुम्याएजस्तो देखिन्छ।
मुलम्यानका अनुसार चितुवाले उक्त हरिणको बच्चालाई खेलाई खेलाई मारेको दृश्य र हरिणको बच्चाको चिच्याहट निकै पीडादायी थियो। ‘हरिणको बच्चालाई नजिकैबाट उनको आमाले कराउँदै बोलाएको देख्दा लाग्थ्यो कि हरिणले बच्चालाई सतर्क गराइरहेको थियो।’ फोटोग्राफर मुलम्यानले सुनाए।

फोटोग्राफर मुलम्यानले त्यसलाई प्रकृतिको नियम भएको भन्दै केही गर्न नसकिने उल्लेख गर्छन्।
मुलम्यानले भने, ‘एक दिन बिहानै मैले हरिणको बच्चासँग खेलिरहेको चितुवालाई देखेँ। शुरुवातमा एकै झट्कामा मारिदिन्छे तर चितुवाको व्यवहार देखेर मलाई झट्का लाग्यो। तर उसले आमाले जस्तै खेलाइरह्यो। तर बच्चा हरिण भाग्न खोज्थ्यो। जब हरिण भाग्न खोज्थ्यो चितुवा फेरि समाएर नजिकै राख्यो। यसैबीच बारम्बार भाग्ने र समात्ने क्रमपछि चितुवाले हरिणलाई मारिदियो । यो सबै घटना आमा हरिण हेरेर बसिरहेको थियो।’ एजेन्सी