कास्की, माघ ४ । अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याइँदैछ।
उद्धार गरिएका उनीहरुलाई मौसममा आएको सुधारसँगै पोखरा ल्याइएको हो। हराइरहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएका उनीहरुलाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखिएको थियो। अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























