काठमाण्डौं, पुस २७ । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबारबाट निर्वाचन आचारसंहिता लागु भएको छ।
निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आयोगले जारी गरेको निर्वाचन आचार संहिता, मिति २०७६।९।२७ गते देखि लागु भएको जनाएको छ।
साथै निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन आयोग सम्पूर्ण निर्वाचन सरोकारवालाहरूमा निर्देशन दिएको छ।
Facebook Comments


























