काठमाडौं, पुस २५ । शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ। ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म (चार घण्टा आठ मिनेट) रहनेछ ।
‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने। सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ।
यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।