वीरगञ्ज, पुस २२ । नापी कार्यालय वीरगञ्जका सर्वेक्षक रामनरेश पासवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालयबाटै पक्राउ गरेको हो।
वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पूर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेका थिए। पासवानले घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेको अख्तियारको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
Facebook Comments


























