काठमाण्डौं, पुस २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि बेलाइएको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ गते सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गरिएको बताइएको छ। आइतबारको बैठकमा सभामुखको उम्मेदवार टुंगो लगाउन भनिए पनि यसबारे कुनै छलफल नभएको एक सचिवालय सदस्यले बताए ।
तत्कालीन एमाले र तत्कालीन माओवादीबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रीय समितिको बैठक औपचारिक रुपमा बस्न सकेको छैन । नेकपाको केन्द्रीय समिति ४४१ सदस्यीय छ ।
Facebook Comments