काठमाण्डौं, पुस १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले उम्मेदवारी टुंगो लगाएको हो।
नेपाली कांग्रेसले १४ जना उम्मेदवारको नाम सिफारिस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। माघ ९ गते हुने निर्वाचनको लागि कांग्रेसले उम्मेदवार तय गरेको हो।
रिक्त हुने १८ पदका लागि निर्वाचन हुँदै छ। प्रदेश ६ का २ उम्मेदवार हुन बाँकी छन्। भने बाँकी दुई कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ।
को को भए उम्मेदवार ?
प्रदेश नं. १ बाट निरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा), प्रदेश नं.२ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता, प्रदेश नं.३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला प्रदेश नं. ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा), विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं. ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची), गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता, प्रदेश नं. ७ बाट प्रताप ठगुन्ना (बैतडी), तुलसी देवकोटा (कैलाली) महिला ।


























