काठमाडौँ, पुस १९ । बसले घरमा ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको अस्थायी घरमा शुक्रबार बेलुका बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बसको ठक्करबाट सो घरमा बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का हिमबहादुर तामाङको मृत्यु भएको हो। बा १ ख ९०९० नम्बरको बसले सडक छेउमा रहेको तामाङको अस्थायी घरमा ठक्कर दिँदा उनको ज्यान गएको हो।
३० वर्षका तामाङ गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो।
Facebook Comments