काठमाण्डौं, पुस १८ । काठमाडौंको जनबहालस्थित करुणामयको शुक्रबार महास्नान पर्व मनाइँदैछ। स्थानीय नेपाल भाषामा यसलाई न्हवं भनिन्छ। यस अवसरमा एक दिनअघि भचाखुसी नदीबाट ल्याई पवित्र गरिएको जलले सेतो मत्स्येन्द्रनाथलाई स्नान गराइन्छ।
यसरी स्नान गराइएपछि देवताको मूर्तिलाई छोपेर मन्दिरभित्र राखिन्छ। मन्दिरको गर्भगृहमा भने कलश राखिएको हुन्छ। महास्नानपछि देवताको मूर्तिलाई रङरोगन गरिन्छ र घाममा राखिन्छ। स्थानीय जनविश्वासअनुसार न्हवंको दिन पानी पर्छ र त्यसपछि रङरोगनका समयमा देवतालाई घाममा राखिन्छ।
यस अवसरमा प्रत्यक्ष देवी कुमारीलाई पनि साँझ जनबहालमा ल्याउनुपर्ने चलन छ।
Facebook Comments


























