पुस १७ । भारत र पाकिस्तानबिचको सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबिच भएको भिडन्तमा दुई सैनिक मारिएका छन्। मारिएका दुई भारतीय सैनिक मध्ये एकजना नेपाली नागरिक रहेको खुलेको छ। नयाँ वर्षको दिन बुधबार जम्मू–कश्मीरको राजौरी जिल्लामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु भएको भारतीय आर्मीका पब्लिक रिलेशन अफिसर लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यम डेकन हेराल्डले जनाएको छ।
ज्यान गुमाउनेमा नेपालका २५ वर्षे अर्जुन थापा मगर पनि रहेको खुलेको हो। सो भिडन्तमा राइफलम्यान मगरसहित २९ वर्षका सावन्त सन्दीप रघुनाथको मृत्यु भएको हो । रघुनाथ भारतको महाराष्ट्रका बासिन्दा हुन्। यस्तै मगर नोपलको गोरखाका रिप गाउँका रहेको जनाइएको छ। एजेन्सी
Facebook Comments