अस्वस्थ खानपानका कारण अधिकांश व्यक्ति ग्यास्ट्रिकको सिकार भइरहेका हुन्छन्। अनियमित खानपान, फास्टफुड र जंकफुडको बढ्दो प्रयोग आदि कारणले ग्यास्ट्रिकको समस्या निम्तिन्छ। सामान्यतया पेटमा आमाशयको भाग सुन्निनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ।
पेटको कुनै भाग सुन्निएमा वा इन्फलामेसन भएमा ग्यास्ट्रिक भएको बुझिन्छ। चिकित्सकका अनुसार समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ। धेरै तारेको खानेकुरा खाने गर्नाले पनि ग्यास्ट्राइटिस हुने सम्भावना बढ्छ।
अत्यधिक चिल्लो, पिरो, अमिलो खानेकुराबाट टाढा रहँदा जोखिम पनि कम हुन्छ। रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने र पेनकिलर चिकित्सकको सल्लाहमा मात्र खाने गर्नुपर्छ। दीर्घरोगमा सेवन गरिने कतिपय औषधि ग्यास्ट्राइटिसको कारक हुने मनमाेहन मेमाेरियल अस्पतालका जनरल सर्जन डा जीवेश्वरलाल झाले बताए।
उनका अनुसार दुखाई कम गर्न प्रयाेग गरिने पेनकिलर बढी खाएमा पनि ग्यास्ट्रिक हुने सम्भावना रहन्छ। पेनकिलरको अत्यधिक सेवनले अन्य रोगसमेत निम्त्याउने हुनाले अति आवश्यकबाहेक अन्य अवस्थामा यसको प्रयोग गर्नु हुँदैन। कहिलेकाहीँ तनावका कारणसमेत यस्तो समस्या देखिन्छ। पेटमा भएको क्यान्सर र खाद्यनलीको क्यान्सरले ग्यास्ट्रिक हुने गर्छ। तसर्थ खानपान र जीवनशैलीमा ध्यान दिनु जरुरी छ।












![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











