काठमाडौं, ०४ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने भएको छ। मिर्गौला दान गर्न एक जना आफन्त तयार भएपछि स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न लागिएको सचिवालय स्रोतले जनाएको छ।
प्रधामनमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। उक्त मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको छ। त्यसले काम गर्न छाडेपछि मिर्गौला प्रत्यारोपण गरिनेछ।
चिकित्सकले प्रधानमन्त्रीको सम्पूर्ण स्वास्थ्य जाँच गरेर मात्र प्रत्यारोपणमा जाने निर्णय गर्नेछन्। स्रोतका अनुसार प्रारम्भिक जाँचमा प्रधानमन्त्रीलाई फेरि प्रत्यारोपण गर्न सम्भव देखिएपछि दाताको खोजी भएको थियो। सो क्रममा प्रधानमन्त्रीकै एक आफन्तले मिर्गौला दान गर्ने भएका हुन्।
मिर्गौला दान गर्ने व्यक्ति र मिर्गौला लिनेको एचएलएलगायतका केही कुराहरु ‘म्याच’ हुनुपर्छ। प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने व्यक्तिको जाँचका क्रममा सबै कुरा मिल्ने देखिएको बालुवाटार स्रोतले जानकारी दियो।
मिर्गौला दाताको सबै कुरा म्याच भएपछि प्रधानमन्त्री ओलीको नेपालकै अस्पतालमा प्रत्यारोपण गर्ने कुरा भएको स्रोत बताउँछ। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल वा ग्रान्डीमध्ये कुनै एक अस्पतालमा गर्न सकिने बताइएको छ।
स्रोतका अनुसार प्रत्यारोपणका क्रममा आवश्यक परे विदेशबाट चिकित्सक बोलाउने विषयमा पनि छलफल भएको छ। काठमाडौं( प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्न एक आफन्त तयार भएका छन्।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको छ। पहिले प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको फेरि प्रत्यारोपण गर्ने तयारी भएको हो।
चिकित्सकले प्रधानमन्त्रीको सम्पूर्ण स्वास्थ्य जाँच गरेर मात्र प्रत्यारोपणमा जाने निर्णय गर्नेछन्। स्रोतका अनुसार प्रारम्भिक जाँचमा प्रधानमन्त्रीलाई फेरि प्रत्यारोपण गर्न सम्भव देखिएपछि दाताको खोजी भएको थियो। सो क्रममा प्रधानमन्त्रीकै एक आफन्तले मिर्गौला दान गर्ने भएका हुन्।
मिर्गौला दान गर्ने व्यक्ति र मिर्गौला लिनेको एचएलएलगायतका केही कुराहरु ‘म्याच’ हुनुपर्छ। प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने व्यक्तिको जाँचका क्रममा सबै कुरा मिल्ने देखिएको बालुवाटार स्रोतले जानकारी दियो। मिर्गौला दाताको सबै कुरा म्याच भएपछि प्रधानमन्त्री ओलीको नेपालकै अस्पतालमा प्रत्यारोपण गर्ने कुरा भएको स्रोत बताउँछ।
‘उहाँको मिर्गौला प्रत्यारोपण यहीँको एक अस्पतालमा हुनेछ,’ स्रोतले भन्यो, ‘त्रिवि शिक्षण अस्पताल वा ग्रान्डीमध्ये कुनै एक अस्पतालमा प्रत्योरपण हुनेछ।’ स्रोतका अनुसार प्रत्यारोपणका क्रममा आवश्यक परे विदेशबाट चिकित्सक बोलाउने विषयमा पनि छलफल भएको छ।
बुधबार बसेको सचिवालय बैठकमा डायलाइसिसपछि आफू स्वास्थ्य भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अझै २० वर्ष बाँच्ने बताएका छन्। तर उनले प्रत्यारोपण र थप उपचारका विषयमा भने कुनै जानकारी नदिएको सचिवालयका एक नेताले जानकारी दिए।