काठमाडौं, १८ असोज। निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी छन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन्।
‘उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,’ डीआईजी क्षेत्रीले भने, ‘उजुरीअनुसार अब उहाँ (महरा)लाई पक्राउ गरी कानुनी प्रक्रियामा जान्छौँ।’
Facebook Comments