चितवन, ११ असोज। भ्रष्टाचार विरोधी अभियानका मुख्य अभियन्ता ज्ञानेन्द्र शाही नेकपाको कार्यकर्ताबाट कुटिएका छन्। शनिबार दिउँसो चितवनको भरतपुर आएका शाहीाई भरतपुरको चौबीसकोठीमा कुटपिट गरेका हुन्। घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचार गराएपछि थप उपचारका लागि शनिबारै काठमाडौं लगिएको छ।
शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागी हुन चितवन आएका शाहीलाई नेकपाका कार्यकर्ताहरुले गाडीभित्रै कुटपिट गरेका हुन्। शाहीको टाउकोमा चोट लागेको छ।

उक्त घटनामा अन्य दुई जना समेत घाइते भएका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। चौबीसकोठीस्थित होटल ग्लोबलमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए।
Facebook Comments