रोल्पा, ०५ भदौ। देशका प्रधानमन्त्रीलगायत नेताहरु बिरामी पर्दा विदेशका अस्पतालमा गइरहँदा दुर्गम रोल्पाका बिरामी भने अस्पतालमा शैय्या नपाउँदा भुइँमा सुतेर उपचार गराउन बाध्य छन्। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न राज्यका निकायबाट चासो दिइएको छैन।
पन्ध्र शैय्याको रोल्पा जिल्ला अस्पतालको आपतकालीन कक्षमा पाँच र ड्रेसिङ कक्षमा दुईवटा शैय्या छन्। यी शैय्या भरिएपछि बाँकी बिरामीलाई अस्पतालको गल्ली र प्रांगणमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ।
व्यवस्था फेरियो, केन्द्रीय सरकारमा पनि रोल्पाबाट प्रतिनिधित्व भइरह्यो तर अस्पतालको मुहार फेरिएन। जिल्ला अस्पताललाई १५ शैय्याबाट उकास्ने प्रयास कतैबाट भएको छैन। रोल्पा यसै पनि सभामुख कृष्णबहादुर महरा, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेतृत्व सम्हालेर बसेका नेताहरूको गृह जिल्ला हो।
व्यवस्था फेरियो, केन्द्रीय सरकारमा पनि रोल्पाबाट प्रतिनिधित्व भइरह्यो, तर अस्पतालको मुहार फेरिएन। अस्पताललाई १५ शैय्याबाट उकास्ने प्रयास कतैबाट भएको छैन। सभामुख कृष्णबहादुर महरा, ऊर्जामन्त्री वर्षमान पुन, ओनसरी घर्तीलगायतका नेताहरूको गृह जिल्ला हो।
उनीहरूको घर छेउमै रहेको यो अस्पताल आवश्यक भौतिक पूर्वाधार र जनशक्ति नहुँदा आफैं बिरामी जस्तो देखिन्छ। पूर्वाधार र जनशक्ति अभावमा बिरामी मात्र नभई कार्यरत स्वास्थ्यकर्मीले पनि हैरानी भोगिरहेका छन्।
पछिल्ला केही वर्षयता डाक्टरहरु अस्पतालमा नियमित बस्न थालेपछि बिरामीको चाप बढेको छ तर चाप थेग्न सक्ने जनशक्ति र पूर्वाधार नहुँदा सहज उपचारमा बाधा पुगेको छ।
‘हामीलाई पटकपटक पर्ने समस्या शैय्या अभाव हो। बिरामी धेरै आउँदा सकस हुन्छ’, इमरजेन्सी कक्षका इन्चार्ज डा. कुलबहादुर डाँगीले भने, ‘कोठा र बेडको साह्रै समस्या छ। त्यसो त जनशक्ति पनि पर्याप्त छैन। स्थानीय तहलाई भन्दा आफ्नो जिम्मेवारी होइन भनेर पन्छिन्छ भने प्रदेश सरकारले पनि चासो दिँदैन।’
साउनमा २ हजार ९ सय ३२ बिरामीले ओपिडीमार्फत सेवा दिएको अस्पतालले इमरजेन्सीमा ४ सय ११ जनाको उपचार गरेको थियो। व्यवस्था फेरियो, केन्द्रीय सरकारमा पनि रोल्पाबाट प्रतिनिधित्व भइरह्यो तर अस्पतालको मुहार फेरिएन। जिल्ला अस्पताललाई १५ शैय्याबाट माथि उकास्ने प्रयास कतैबाट पनि भएन। अस्पतालले मुहार फेर्न नसक्दा जिल्लाको जनस्वास्थ्य अवस्था पनि उकासिन सकेको छैन।
२०७३ साल फागुनमा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर रोल्पा आएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जिल्ला अस्पताललाई एक सय शैय्याको बनाउने छु’ भनेर ताली बटुले पनि अवस्थामा सुधार आउन सकेन। आफ्नो वचन पूरा गर्न उनले के–कति प्रयास गरे कसैलाई जानकारी छैन। स्थापना कालदेखि तीनवटा शासन व्यवस्था, प्रधानमन्त्री, मन्त्री, नेता, मन्त्रालयका सचिवहरुको अनुहार देखेको यो अस्पतालको मुहार भने फेरिन सकेन।
२०७३ साल फागुनमा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर रोल्पा आएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जिल्ला अस्पताललाई एक सय शैय्याको बनाउने छु’ भनेर ताली बटुले पनि अवस्थामा सुधार आउन सकेन।
‘पर्याप्त जनशक्ति र शैय्या नहुँदा अस्पतालले कतिपय अवस्थामा प्रोटोकलअनुसार सेवा दिन सकेको छैन। बिरामीजत्तिकै समस्या हामीलाई पनि परिरहन्छ,’ इमरजेन्सी कक्षका इन्चार्ज डा। डागी भन्छन्, ‘बिरामी धैरै आएको दिन सकस हुन्छ। सोचे र चाहेजस्तो सेवा दिनसमेत पाइँदैन।’ ठाउँ थोरै, बिरामी धेरै हुँदा उत्पनन हुने समस्याले कार्यरत स्वास्थ्यकर्मी हैरान छन्।
‘कोठाभन्दा बाहिर बिरामी राख्दा कतिपय अवस्थामा हाम्रो पनि आँखा पुग्न सक्दैन। कोठाभित्रका बिरामी हेर्ने कि बाहिरका असजिलो हुन्छ,’ डा. धनमाया घर्तीले भनिन्।
बर्खामा अस्पतालको आँगनमा बिरामी राखेर उपचार गर्दा स्वास्थ्यकर्मी र बिरामी दुवैलाई असहज हुन्छ। लामखुट्टेको टोकाइले बिरामी र कुरुवालाई दिग्दार बनाउँछ। स्थानीय तहले प्रदेश मातहतको अस्पताल भनेर वास्ता नगर्ने र प्रदेश सरकारले पनि दुर्गमका अस्पतालको स्तरवृद्धिमा ध्यान नदिँदा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्।