नवलपरासी, ३१ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगद ६५ हजार रूपैयाँ घुससहित सिद्धार्थ माविका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई घुससहित पक्राउ गरेको हो।
अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन्। अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको हो। –रासस
Facebook Comments