काठमाडौँ, २९ साउन। वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति प्रहरीको फन्दामा परेका छन्। काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापालाई प्रहरीले पक्राउ गरेको हो। थापाले एक वर्षभित्रै पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका आरोप छ।
यसअघि पनि चोरी मुद्दामा दुई पटक जेल परिसकेका थापासँगै चोरीका सामान किन्ने काठमाडौँका एक व्यापारी पनि पक्राउ परेका छन्। व्यापारी रूपचन्द्र गोपालीले कलंकीमा कम्प्युटर पसल चलाएर बसेको र चोरीका सामान किनबेच गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ।
थापा भने पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका व्यक्ती रहेको प्रहरीले जनाएको छ। जेलबाट छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
Facebook Comments