काठमाडौँ, १९ साउन। गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ। आइतबार टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक बा५३प ९६५४ नं.को मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको गुडिरहेको मोटरसाइकलबाट खस्दा मृत्यु भएको हो।
महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालका अनुसार मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दीचोक नजिक खसेकी थिइन्। त्यसपछि उपचारका लागि विनायक अस्पताल गोँगबु लैजाँदा मृत्यु भएको उनले बताए। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रभागले जनाएको छ। –रासस
Facebook Comments