चितवन, १० साउन। पृथ्बी राजमार्गस्थित चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ४ लेवाटारमा भएको दुर्घटनामा १७ जना घाइते भएका छन्। मुग्लिनबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ८ ख ६०५८ नं.को बस र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख २८९५ नं.को ट्रक एकाआपसमा ठोक्किँदा बसमा सवार १७ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइते सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई पनि प्रहरी नियन्त्रणमा रहेको उनले बताए। घाइते हुनेहरूमा धादिङ सियालेख गाउँपालिका ४ की ३० वर्षिया राधिका सिलवाल, ४० वर्षकी सरस्वती रिजाल, १० वर्षका सौगात थपलिया, ५० वर्षकी जानुका थपलिया, सोही गाउँपालिका वडा नम्बर ६ बस्ने २७ वर्षकी बिष्णु श्रेष्ठ र तीन महिने एलिस्ना श्रेष्ठ रहेका छन्।
यस्तै सोही गाउँपालिका वडा नं. ७ बस्ने २४ वर्षकी एलिना श्रेष्ठ, वडा नं. ८ बस्ने ६६ वर्षका सुजन भण्डारी, ४५ वर्षका प्रेम बहादुरा। रानामगर, चितवन जिल्ला कालिका नगरपालिका ८ बस्ने २० वर्षकी सीमा सुनार, ५५ वर्षकी प्रमदा सुनार, सोही स्थान बस्ने ८ का प्रतिक सुनार, बर्ष २२ की सरिता श्रेष्ठ, ११ महिनाका राकेश श्रेष्ठ, २१ का बिजय रायमाझी, बर्ष ३५ का दीपेन्द्र मगर र चितवन जिल्ला खैरहनी नगरपालिका ४ बस्ने ३५ वर्षिका लाल गिरी घाइते भएका प्रहरीले जनाएको छ। उनीहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।