चितवन, ०७ साउन। जेठ १५ गते जस्ताको बारमा डोजर चलाइएपछि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आजबाट पुनः सुरू भएको छ। रंगशाला निर्माणको काम गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आज पुनः रगंशाला निर्माणको काम सुरू गरेका हुन्।
स्थानीयले नै रंगशालाको बारमा डोजर लगाएर भत्काइदिएपछि असुरक्षा महसुस गर्दै निर्माण कार्य रोकेको थियो। सानै कामदारलाई समेत धम्की आएकोले सुरक्षाको प्रत्याभूति नभएसम्मको लागि भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले अनिश्तिकालका लागि काम रोकेको थियो।

अब दसैँअघिसम्ममा डिपिआरको सबै काम सक्ने गरी धमाधम काम हुने अध्यक्ष कट्टेलले बताए। बीचमा भएको अवरोधकै कारण भदौसम्ममा डिपिआर सक्ने लक्ष्यसहित सुरू भएको काम केही पर धकेलिएको उनको भनाइ छ।
Facebook Comments


























