नायिका शिल्पा पोखरेलसँगको विवाद साम्य हुन नपाउँदै चलचित्र निर्माता छविराज ओझा फेरी अर्को झमेलामा परेका छन्।
छविकि जेठी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उनीविरूद्ध बहुविवाहको उजुरी दिएकी हुन्।हेमाले २०४१ सालमा छविसँग विवाह भएको बताउँदै छविले अर्को विवाह गरेकोले उनीबिरूद्ध उजुरी दिएको बताएकी छन्।
केही दिन अघीमात्र नायिका शिल्पा पोखरेलले छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्। नेपाली रंग क्षेत्रमा यो विषयले ल्याएको तरंगले झस्किएकी हेमाले छविलाई ‘के हो’ भनेर सोधेको तर जवाफमा छविले ‘मैले अर्को विवाह गरेको के प्रमाण छ’ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन्।
तर साउन ३ गते छवि र शिल्पाको विवाह दर्ताको कागजात भेट्टाएपछि त्यसैको आधारमा बहुविवाहको उजुरी दिएको हेमाले बताएकी छन्।
‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग म यो जाहेरी लिई उपस्थित भएकी छु,’ हेमाले भनेकी छन्।
उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।
नयाँ मुलुकी संहिताले बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था गरेको छ।
“