खोटाङ सदरमुकाम दिक्तेलमा लोकसेवा आयोगको परिक्षा विथोल्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु र सहसचिव एलबी मगरसहित खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामे गरि तीन पुरुष र एक महिलालाई प्रहरीले लोकसेवा आयोगको पाँचौ तहको परिक्षा केन्द्र दिक्तेल बहुमुखी क्यापस मै पुगेर उनीहरूलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले बताए।
उनले भने, ‘परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम उनीहरुले गरेका छन्। नियत हेर्दा जसरी पनि परीक्षा विथोल्न खोजेकाले पक्राउ गरिएको हो।’
आदिवासी जनजाति महासङ्घले लोकसेवाको परिक्षा बिथोल्ने गरि शनिबारको लागि प्रदेश नम्बर १ बन्दको आह्वान गरेको थियो। बन्दको बाबजुद पनि सञ्चालन भइरहेको परिक्षा बिथोल्न दिक्तेल बहुमुखी क्यापस पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो।


























