काठमाडौँ, २८ असार। अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि भारतले कोशी ब्यारेजका ढोका बन्द गर्न दबाब दिएको छ। स्थानीय प्रशासनले भने पानीको बहाव थप बढ्न सक्ने भन्दै कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। अहिले कोशी ब्यारेजका ५६ मध्ये ४१ ढोका खोलिएको छ।
तर, बिहार जलमग्न भएको भन्दै भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए। शनिबार दिउँसोसम्म कोशी ब्यारेजमा दुईलाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।
Facebook Comments





















